• Home
  • राजनीति
  • सरकार र यातायात मजदुर तथा व्यवसायीबीच सिंहदरबामा वार्ता जारी
Image

सरकार र यातायात मजदुर तथा व्यवसायीबीच सिंहदरबामा वार्ता जारी


काठमाडौं, फागुन २ गते । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकारले यातायात मजदुर र व्यवसायीबीच वार्ता जारी छ । वार्ता सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जारी छ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बालाजु बाइपास क्षेत्रमा भएको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मंगलवार वार्ताको लागि यातायात मजदुर र व्यवसायीहरुलाई मन्त्रालयमा बोलाएका थिए ।

विभिन्न १० बुँदे माग राख्दै दुई सातादेखि आन्दोलनरत यातायात व्यवसायीले मंगलबार सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन् । बिहानदेखि नै काठमाडौंमा सार्वजनिक यातायात चलेका छैनन् । यातायात नचल्दा यात्रुहरु भने मर्कामा परेका छन् । केही रुटमा छिटफुट रुपमा यातायात चले पनि मुख्य रुटमा भने सार्वजनिक यातायातका साधन चलेका छैनन् । सोमबार आन्दोलनरत यातायात मजदुरले बालाजु बाइपास क्षेत्रमा प्रहरीको भ्यान तथा अस्थायी प्रहरी बिटमा आगजनी गरेका थिए ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni २ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *