काठमाडौं, फागुन १ गते । जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको प्रति नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले असन्तृष्टि जनाएका छन् ।
आज समाजिक सञ्जाल मार्फत आफ्नो धारणा नेता कोइरालाले प्रधानमन्त्री प्रचण्डले सार्वजनिक बिदा कटौती गर्ने भन्ने तर संबिधानले चिन्दै नचिनेको जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिएको भन्दै आपत्ति जनाएका हुन् ।
सरकारले आज ‘जनयुद्ध दिवस’ को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार मन्त्रिपरिषदको बैठक बसेर सो निर्णय लिइएको हो ।
उनले समाजिक सञ्जालमा लेखेका छन्,‘आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको?देश कता जाँदैछश्र कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ?’।












