Trending

सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य छ –प्रधानमन्त्री दाहाल

1.1kViews
0 Shares


काठमाडौं, माघ २८ गते । भ्रष्टाचारका विरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने प्रधानमान्त्री पुष्पकमल दाहालले बताएका छन् । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताएका छन् ।

प्रधानमन्त्री दाहालले विकास र सुशासन एक अर्काका परिपूरक भएको बताएका छन् । उनले नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको जिकिर गरेका छन् । प्रधानमन्त्री दाहालले भ्रष्टाचार र भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाउने प्रतिवद्धता वर्तमान सरकारले प्राथमिकता राखेको जनाएका छन् । भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ नेपालको संविधानले आयोगलाई प्रदान गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने सवालमा आयोगलाई सरकारको तर्फबाट हर प्रकारको सहयोग र समर्थन रहने उनको भनाई छ ।

प्रधानमन्त्री दाहालले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदै सुशासन कायम गर्न आग्रह गरेका छन् । वर्तमान सरकारले लिएका लक्ष्यहरू आर्थिक समृद्धि र सुशासन प्रवर्द्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संवैधानिक आयोगहरूको भूमिका महत्त्वपूर्ण हुने प्रधानमन्त्री दाहालले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय