राष्ट्रिय सभा उपाध्यक्षमा एकीकृत समाजवादीले दाबी नगर्ने –माधव कुमार नेपाल
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, माघ २१ गते । आगामी माघ २३ गते हुने राष्ट्रिय सभा उपाध्यक्षमा आफ्नो पार्टीले दाबी नगर्ने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले बताएका छन्।आज बिहान सिंहदरबारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको विपक्षी दलको बैठकमा सहभागी भएर बाहिरिएका नेपालले संवाददासँग राष्ट्रिय सभा उपाध्यक्षमा आफ्नो पार्टीको उम्मेदवार नहुने स्पष्ट पारेका हुन्।
अध्यक्ष नेपालले विपक्षी सबै दलसँग कुरा बुझेर साझा उम्मेदवार उठाउने जानकारी दिएका छन्।‘सबै विपक्षीदलसँग कुरा बुझ्ने र साझा उम्मेदवार उठाउँछौ। त्यसका लागि फेरि बैठक बस्छौं’, उनले भने, ‘यसका लागि कुनै पार्टी विशेषले उम्मेदवार उठाएर मत मागेको छैन व्यक्तिले माग्ने फरक कुरा हो।’
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि