Trending

आज परराष्ट्रमन्त्री पौडेल श्रीलङ्काको भ्रमणमा जाँदै

1.1kViews
0 Shares


काठमाडौं माघ १९ गते । आज परराष्ट्रमन्त्री विमला राई पौडेल पहिलो विदेश भ्रमणमा निस्कदै छिन् ।श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन पौडेल आज कोलोम्बो प्रस्थान गर्न लागेकी हुन्।

समकक्षी एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा उनी श्रीलङ्का जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।शुक्रबार र शनिबार आयोजना हुने दिवससँगै स्वतन्त्रता चोकमा हुने सांस्कृतिक समारोह लङ्काराकङ्कामा परराष्ट्रमन्त्री पौडेलले सहभागिता जनाउने कार्यक्रम रहेको छ।

उनले त्यहाँ रहँदा श्रीलङ्काका राष्ट्रपति रनिल बिक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुनवर्द्धनसँग शिष्टाचार भेट गर्ने तयारी छ।त्यसक्रममा उनी राष्ट्रपति भवनमा श्रीलङ्काका राष्ट्रपतिले आयोजना गर्ने स्वागत समारोहमा सरिक हुनेछिन्। उनी आइतबार स्वदेश फर्कने कार्यक्रम छ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको श्रीलङ्काको भ्रमणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय