Trending

भूकम्पबाट प्रभावित बनेकाहरूको सरकारले उचित व्यवस्थापन गर्नुपर्छ –नैनसिंह महर

1.0kViews
0 Shares


काठमाडौं माघ १८ गते । भूकम्पबाट प्रभावित बनेका सुदूरपश्चिमका नागरिकको रेखदेखमा सरकारको ध्यान पुग्न नसकेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताएका छन्। नेता महरले आज कपनमा आयोजित एक कार्यक्रममा बोल्दै भूकम्पले भौतिक र मानवीय क्षति पुर्‍याएको र बाचेकाहरू पनि माघको कठ्याङ्ग्रिदो जाडोमा सास्ती खेप्न बाध्य रहेकाले उनीहरूको उचित व्यवस्थापनमा सरकारको ध्यान पुग्नुपर्ने जिकिर गरेका छन् ।

उनले मानवीयतासँग जोडिएका संवेदनशील विषयप्रति गम्भीर हुन सम्माननीय प्रधानमन्त्री, सरकारमा संलग्न राजनीतिकदल र विशेष गरी विद्यार्थी जगतमा पर्न सक्ने मानसिक असरबारे ध्यान दिन शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । नेता महरले जनताको अभिभावकका रूपमा रहेको सरकारसँग भूकम्पको क्षतिको यकिन विवरणसमेत नभएको गुनासो गरेको छन् । राहत र उद्धार तथा सम्भावित जोखिमसँग लड्ने पूर्वतयारी नै नदेखिएकाले सरकार जनताप्रति उत्तरदायी नदेखिएको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय