काठमाडौं माघ १४ गते । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले अमेरिकी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको उल्लेख गर्दै रवि लामिछानेको सांसद पद खारेजको प्रति सत्ता साझेदार जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सीके राउत दुःख व्यक्त गरेका छन् ।
आज समाजिक सञ्जाल मार्फत उनले संसद् तथा सरकारमा रवि लामिछानेको प्रवेशले आफू निकै आशावादी भएकामा उनको बहिर्गमनले निराश बनाएको कुरा राउतले उल्लेख गरेका छन्। साथै अध्यक्ष राउतले रवि लामिछानेको पुनरागमनको अपेक्षा समेत गरेका छन्। उनले रवि लामिछानेले आफ्ना लागि आशाका केन्द्र भएको बताएका छन् । उनले ‘बैठक होस् वा संसद्, रविले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गरेको बताएका छन् ।
लामिछानेले एकसाथ शक्तिशाली चार राजनीतिक पद गुमाएका छन्। उनी नागरिकताविहीन गैरनागरिक भएको फैसलासँगै उनले सांसद, गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति र संसदीय दलको नेता पद एकसाथ गुमाएका हुन्। चितवन–२ बाट प्रतिनिधिसभा सदस्य चुनाव जिती गृहमन्त्रीसमेत भइसकेका रवि लामिछाने एकाएक अनागरिक ठहर भएका छन् ।
‘अध्यक्ष राउतले समाजिक सञ्जालमा लेखेका छन्, प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनैतिक एजेन्डाविपरीत नै किन नहोस्, तर अहिलेको संसद् र सरकारमा रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो’, ‘बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो।
















