काठमाडौं माघ १२ गते । आज नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बस्दैछ। बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्नेछ।
बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संगठन पुनर्गठन लगायत विषयमा छलफल हुने बताइएको छ।












