काठमाडौं, माघ ३ गते । प्रधानमन्त्री तथा नेकपा (माओवादीक केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । आज मन्त्रिपरिषद्ले पूर्णता पाउने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिएका छन् ।
सोमबार राति अबेरसम्म बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएसँगै आज मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको हो । नवनियुक्त मन्त्रीहरूको शपथ दिउँसो १ बजेका लागि समय निर्धारण गरिएको छ ।गृहमन्त्री लामिछनाले भागबण्डा टुंगिएसँगै मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको बताएका छन् ।
‘कुन कुन पार्टीले कुन कुन मन्त्रालय लिने भनेर टुंगिएको छ । बाँडफाँट टुंग्याएका छौं । भोलि एक बजे अघि टुंग्याउँछौ । केही परिवर्तन भएछ भने सल्लाहमा हुन सक्ला’, मन्त्री लामिछानेले बालुवाटार बैठकपछि सञ्चारकर्मीलाई बताएका छन् ।












