आज गृहमन्त्री रवि लामिछाने चितवन जाँदै, मेड इन नेपाल एक्स्पोको अवलोकन गर्ने
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौ, पुस २८ गते । आज उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने चितवन प्रस्थान गर्दै छन् । उपप्रधान तथा गृहमन्त्री भएपछि पहिलोपटक चितवन आज लागेका लागेका लामिछानेले चितवन महोत्सव परिसरभित्र रहेको ‘मेड इन नेपाल एक्स्पो २०७९’को अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
गृहमन्त्रीका स्वकीय सचिव प्रकाश सिग्देलकाअनुसार गृहमन्त्री लामिछाने आज दिउँसो ३ः१५ बजे एक्स्पोको अवलोकन गर्न आजै छन् । गृहमन्त्री लामिछानेले यसअघि नै आफूले स्वदेशमा उत्पादन भएका कपडा मात्रै लगाउने प्रतिबद्धता जनाएका थिए ।त्यसैगरी, चितवन महोत्सव २०७९ अन्तर्गत नै फुडफेस्टिभलको समेत उद्घाटन गरिने उद्योग वाणिज्य संघ चितवनले जनाएको छ ।
३ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि