Trending

लुम्बिनी र कर्णाली प्रदेशका मुख्यमन्त्रीको शपथ ग्रहण आज

920Views
0 Shares


काठमाडौ, पुस २८ गते । आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । बुधबार लुम्बिनीको मुख्इमन्त्रीमा नियुक्त भएका गिरीलाई आज दिउसो १ बजे प्रदेश राजधानी दाङमा प्रदेश प्रमुख शेरचनले शपथग्रहण गराउँदै छन् ।

उनले ७ दलका ५८ सांसदको समर्थन पाएका छन् । संविधानको धारा १६८ को २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका गिरीलाई एमालेका २९, सत्तारुढ नेकपा माओवादी केन्द्रका १० राप्रपाका ४,नागरिक उन्मुक्तिका ४, जसपा, जनमतका ३ र केन्द्रमा सत्ता गठबन्धन बाहिर रहेको लोसपाका ३ र स्वतन्त्रबाट निर्वाचित २ सांसद गरी ५८ सांसदको समर्थन छ ।शपथ ग्रहणपछि सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने मुख्यमन्त्री गिरीको तयारी छ ।

त्यस्तै कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् । उनले आज पद तथा गोपनियताको शपथ ग्रहण लिने कार्यक्रम रहेको छ ।शर्मालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

शर्माको शपथ ग्रहण प्रदेश प्रमुखको कार्यालयमा दिउँसो ३ बजेका लागि समय निर्धारण गरिएको छ । शर्माले सत्ता गठबन्धनमा आवद्ध दलहरुबीचको समर्थनमा मुख्यमन्त्रीमा प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए । उनलाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले समर्थन गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय