Trending

कांग्रेस र समाजवादीको बैठक बस्दै , विश्वासको मतबारे छलफल हुने

875Views
0 Shares


काठमाडौ, पुस २६ गते । नेपाली कांग्रेस र एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बस्नु अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनरनदिने भन्नेबारे निर्णय लिन नेपाली कांग्रेस र माधवकुमार नेतृत्वको एकीकृत समाजवादीको बैठक बस्ने लागेको हो ।

लामो समय सहकार्यमा रहेर पुस १० गते एमालेलगायत दलसँगको समर्थनमा प्रधानमन्त्री बन्न पुगेका प्रचण्डले आफूलाई विश्वासको मत दिन दुवै दलसँग आग्रह गरेका छन् । यद्यपि, यी दलमा विश्वासको मत दिनुपर्ने र दिन नहुने दुबै खाले मत देखिएका छन् ।कांग्रेसले यसबारे निर्णय लिन पहिले पदाधिकारी र त्यसपछि संसदीय दलको बैठक डाकेको छ । समाजवादीले भने सचिवालय बैठकबाट यसबारे ठोस कदम चाल्ने तयारी गरेको छ ।

एमाले, रास्वपा, राप्रपालगायत दलको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले संविधानअनुसार आज बस्ने संसद् बैठकमा विश्वासको मत लिँदैछन् । एमालेसहितको समर्थनमा प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेश गरेपछि भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय