Trending

आज लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गरिँदै

890Views
0 Shares


काठमाडौ, पुस २६ गते । आज लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गरिँदै छ। सत्ता गठबन्धनका शीर्ष नेताबिच भएको सहमतिअनुसार लुम्बिनीमा नेकपा (एमाल)ले मुख्यमन्त्री पाउने भएको छ।प्रदेश प्रमुख अमिक शेरचनसमक्ष सत्तारूढ गठबन्धनले एमाले संसदीय दलका नेता एवं पूर्व मन्त्री लिला गिरीलाई मुख्यमन्त्रीको लागि बहुमतसहितको दाबी पेश गर्न लागेको हो। आज अपराह्न ४ बजे मुख्यमन्त्रीको लागि दाबी पेश गरिने एमाले केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य भूमिश्वर ढकालले जानकारी दिएका छन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतको लागि ४४ सांसद आवश्यक पर्छ। सत्तारुढ गठबन्धन दलका नेताहरूको छलफलपछि सरकार गठनका लागि बहुमतसहितको दाबी पेश गर्ने सहमति भएको ढकालले बताएका छन्। एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा र जनमत पार्टीसँगै नागरिक उन्मुक्ति पार्टी र दुई जना स्वतन्त्र सांसदले पनि सरकारलाई समर्थन गर्ने ढकालले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय