Trending

नेसपाको राजनीतिक समिति बैठक बस्दै, पार्टी एकताका विषयमा छलफल गर्ने

1.0kViews
0 Shares


काठमाडौं पुस २४ गते ।नेपाल समाजवादी पार्टी (नेसपा)ले राजनीतिक समिति बैठक बोलाएको छ । नेकपा (माओवादी केन्द्र) सँग एकताको तयारी थालेको नेसपाले आज विहान ११ बजे बस्ने बैठकमा पार्टी एकता लगायतका विषयमा छलफल गर्ने छ । समाजवादी धारको नेतृत्व गर्ने गरी विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई तीव्रता दिने विषयमा बैठकमा छलफल हुने छ ।

समाजवादी ध्रुवीकरणको विषय, पार्टीको संगठन सुदृढीकरण, पार्टीका विभिन्न तहका सम्मेलनको विषय, चुनावको समीक्षा, समसामयिक राजनीतिक विषय, आगामी रणनीति लगायत एजेन्डाहरूमाथि पनि बैठकमा छलफल हुने नेसपा पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।

नेसपाले एकताका लागि वार्ता टोली पनि गठन गर्ने छ । यसअघि सो पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै एकताका लागि पहल गर्ने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय