• Home
  • ताजा समाचार
  • चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी दिने सविन श्रेष्ठको घोषणा
Image

चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी दिने सविन श्रेष्ठको घोषणा

काठमाडौं पुष २१

अभिनेता सविन श्रेष्ठले चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी चैत ४ गते काठमाडौंमा संघको महाधिवेशन हुँदैछ । अनलाइनखबरसँग कुरा गर्दै सविनले अध्यक्षमा उम्मेदवारीसँगै एजेण्डा समेत सार्वजनिक गरे ।

देशभरका कलाकारलाई एकजुट बनाउने, कलाकार संघलाई समृद्ध बनाउने र हरेक दुःखमा कलाकारलाई सघाउने मुख्य एजेण्डा उनले अघि सारेका छन् ।

‘काठमाडौंका मात्र कलाकार होइनन् । देशभरका कलाकारलाई म एकजुट बनाउँछु । अनि कलाकार संघबारे कसैलाई पत्तो छैन । म सबै कलाकारमाझ संस्थालाई लिएर जान्छु,’ सविनले भने, ‘मेरो उम्मेदवारी कलाकार संघमा नयाँपुस्ता आउनुपर्छ भन्ने हो ।’

आफू कलाकार संघको ‘बालेन’ बनेर चलचित्र क्षेत्रमा योगदान पुर्‍याउन चाहेको समेत उनले बताए । चाँडै सार्वजनिक रुपमा एजेण्डा सार्वजनिक गर्ने सविनको योजना छ । कलाकार संघको आसन्न चुनावमा पाका कलाकार तथा वर्तमान प्रवक्ता मोहन निरौलाले पनि अध्यक्षमा उम्मेदवारी दिने चर्चा छ ।कामको कुरा गर्दा सविनको अभिनय रहेको फिल्म ‘बालापन’ प्रदर्शनको तयारीमा छ । उनले निर्माण गरेको ‘हिरो रिटन्र्स’ कोभिड लकडाउनले रोकिएको थियो, जसलाई ओटीटी वा हलमा रिलिज गर्ने भन्नेमा निश्चित भइसकेको छैन ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ४ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ महिना अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni २ महिना अगाडि

एन्कर पावर हंगामा २०२६ का विजेताहरू घोषणा, बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार हस्तान्तरण

  काठमाडौं । नेपालमा चार्जिङ तथा अडियो प्रविधिका अग्रणी ब्रान्ड एन्कर (Anker) र साउन्डकोर (Soundcore) ले आफ्नो बहुप्रतीक्षित…

ByByanjana soni २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *