चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी दिने सविन श्रेष्ठको घोषणा

210Views
0 Shares

काठमाडौं पुष २१

अभिनेता सविन श्रेष्ठले चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी चैत ४ गते काठमाडौंमा संघको महाधिवेशन हुँदैछ । अनलाइनखबरसँग कुरा गर्दै सविनले अध्यक्षमा उम्मेदवारीसँगै एजेण्डा समेत सार्वजनिक गरे ।

देशभरका कलाकारलाई एकजुट बनाउने, कलाकार संघलाई समृद्ध बनाउने र हरेक दुःखमा कलाकारलाई सघाउने मुख्य एजेण्डा उनले अघि सारेका छन् ।

‘काठमाडौंका मात्र कलाकार होइनन् । देशभरका कलाकारलाई म एकजुट बनाउँछु । अनि कलाकार संघबारे कसैलाई पत्तो छैन । म सबै कलाकारमाझ संस्थालाई लिएर जान्छु,’ सविनले भने, ‘मेरो उम्मेदवारी कलाकार संघमा नयाँपुस्ता आउनुपर्छ भन्ने हो ।’

आफू कलाकार संघको ‘बालेन’ बनेर चलचित्र क्षेत्रमा योगदान पुर्‍याउन चाहेको समेत उनले बताए । चाँडै सार्वजनिक रुपमा एजेण्डा सार्वजनिक गर्ने सविनको योजना छ । कलाकार संघको आसन्न चुनावमा पाका कलाकार तथा वर्तमान प्रवक्ता मोहन निरौलाले पनि अध्यक्षमा उम्मेदवारी दिने चर्चा छ ।कामको कुरा गर्दा सविनको अभिनय रहेको फिल्म ‘बालापन’ प्रदर्शनको तयारीमा छ । उनले निर्माण गरेको ‘हिरो रिटन्र्स’ कोभिड लकडाउनले रोकिएको थियो, जसलाई ओटीटी वा हलमा रिलिज गर्ने भन्नेमा निश्चित भइसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
26°
Sunny
5:29 am7:00 pm +0545
Feels like: 28°C
Wind: 5km/h E
Humidity: 74%
Pressure: 1009.48mbar
UV index: 0
7 am8 am9 am10 am11 am
28°C
31°C
33°C
34°C
35°C
WedThuFriSatSun
40°C / 25°C
41°C / 26°C
43°C / 27°C
43°C / 28°C
42°C / 27°C

प्रिय न्युज

Uncategorized

४ दिन अगाडि

लोकप्रिय