Image

फिल्म ‘हात्तीछाप’मा उपासना अनुबन्धित

काठमाडौं पुष २०

 ‘दुई नम्बरी’ फेम्ड निर्माताको आगामी फिल्म ‘हात्तीछाप’को मुख्य नायिकामा उपासनासिंह ठकुरी अनुबन्धित भएकी छन् । निर्माता किरण नेपाली र अभिनेत्री ठकुरीबीच बुधबार लिखित सहमति भएको छ ।

पारिश्रमिकलाई लिएर दुवैलाई चित्त बुझ्ने सहमतिअनुसार उपासनालाई अनुबन्धित गरिएको निर्माता नेपालीले अनलाइनखबरलाई जानकारी दिए ।

यो फिल्मका लागि उपासनाले १० लाख रुपैयाँ पारिश्रमिक मागेकी थिइन् । निर्माता नेपालीले पारिश्रमिक नखुलाए पनि उनको अघिल्लो फिल्म ‘दुई नम्बरी’मा उपासनाले लिएको ६ लाख रुपैयाँभन्दा केही बढी रहेको अनुमान गरिएको छ । अन्य दुई अभिनेत्री फाइनल गर्ने तयारीमा रहेको जनाइएको छ ।

सिमोस सुनुवारले निर्देशन गर्ने एक्सन-थ्रिलर फिल्ममा यसअघि सौगात मल्ल, दयाहाङ राई, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रकाश घिमिरे लगायत अनुबन्धित भइसकेका छन् । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले व्यवसायी अमलादेवी राईसँग मिलेर हात्तीछाप निर्माण गर्न लागेका हुन् । प्रस्तुतकर्ता नेपालीका अनुसार चैतदेखि फिल्मको छायांकन सुरु हुनेछ ।कामको कुरा गर्दा उपासना अभिनित फिल्म ‘डिसेम्बर फल्स’ अहिले हलमा चलिरहेको छ । उनले यसअघि अभिनय गरेका कबड्डी ३ र दुई नम्बरी बक्स अफिसमा व्यवसायिक रुपमा सफल भइसकेका छन् ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ४ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ महिना अगाडि

मिलन नेवार र सुमन केसीको नयाँ गीत ‘बोली देउ’ सार्वजनिक

मिलन नेवार र सुमन केसीको नयाँ गीत ‘बोली देउ’ सार्वजनिक काठमाडौं — नेपाली सङ्गीत बजारमा प्रतीक्षित मानिएको नयाँ म्युजिक…

ByByanjana soni २ महिना अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *