• Home
  • ताजा समाचार
  • साेलुखुम्बुकाे तापक्रम माइनस दुईभन्दा कम, जनजीवन कष्टकर
Image

साेलुखुम्बुकाे तापक्रम माइनस दुईभन्दा कम, जनजीवन कष्टकर

काठमाण्डाै  पुस १८

चिसोले सोलुखुम्बुको जनजीवन कष्टकर बनेको छ । केही दिनयता निरन्तर बढेको चिसोका कारण नाम्चे, खुम्जुङ, थामे, लुक्ला लगायतका क्षेत्रका नागरिकको दैनिकी कष्टकर बनेको हाे ।

शुक्रवारदेखि नाम्चेसहितका क्षेत्रमा हिमपात सुरु भएसँगै चिसो अत्याधिक बढेको स्थानीयले बताएका छन् ।

चिसोका कारण त्यहाँका नागरिकहरु आगो तापेर बसेका छन् भने घर बाहिरको काम गर्न समेत कठिनाइ भएको लुक्लाका स्थानीय तोया कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी चिसोको मारमा वृद्धवृद्धा र बालबालिका परेका छन् ।

लुक्लाको न्यूनतम तापक्रम माइनस १ दशमलव ६ डिग्री सेल्सियसभन्दा तल झरेको हावापानी मापन केन्द्र लुक्लाले जनाएको छ । लुक्लाभन्दा माथिल्लो क्षेत्रको तापक्रम भने माइनस दुईभन्दा कम रहेको बताइएको छ। तापक्रम घटेसँगै पानी जम्न थालेकाले दैनिकी कष्टकर बनेको स्थानीयले बताएका छन् ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni २ हप्ता अगाडि

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

रौतहट २५ असोज । गायत्री परिवारकी संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले भारतको हरिद्वारस्थित…

ByByanjana soni ३ हप्ता अगाडि

गौशालामा नवदुर्गा महोत्सव २०८३ आयोजना हुँदै, घटस्थापनाको दिन भव्य कलश यात्रा

  काठमाडौं। श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्ले यस वर्ष पनि नवदुर्गा महोत्सव २०८३ आयोजना…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *