राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया थाल्न आयोगलाई प्रधानमन्त्रीको निर्देशन

1.7kViews
0 Shares

काठमाडौं, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई निर्देशन दिएका छन् ।

सोमबार सिंहदरबारमा आयोगका पदाधिकारीसंग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले संविधान र कानुनमा व्यवस्था भए बमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको एक स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न निर्देशन दिएका हुन् ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि राजनीतिक दलहरुबीच छलफल गर्ने र निष्कर्षमा पुग्ने प्रधानमन्त्रीको भनाई छ ।

छलफलका क्रममा प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन, प्रदेश सभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।

निर्वाचनको मितिका बिषयमा भने पछि छलफल गर्ने उनको भनाइ छ । बैठकमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया लगायत आयुक्तहरुले निर्वाचन आयोगको कामकारबाही र निर्वाचन प्रक्रियाबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय