• Home
  • ताजा समाचार
  • राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया थाल्न आयोगलाई प्रधानमन्त्रीको निर्देशन
Image

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया थाल्न आयोगलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई निर्देशन दिएका छन् ।

सोमबार सिंहदरबारमा आयोगका पदाधिकारीसंग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले संविधान र कानुनमा व्यवस्था भए बमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको एक स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न निर्देशन दिएका हुन् ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि राजनीतिक दलहरुबीच छलफल गर्ने र निष्कर्षमा पुग्ने प्रधानमन्त्रीको भनाई छ ।

छलफलका क्रममा प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन, प्रदेश सभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।

निर्वाचनको मितिका बिषयमा भने पछि छलफल गर्ने उनको भनाइ छ । बैठकमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया लगायत आयुक्तहरुले निर्वाचन आयोगको कामकारबाही र निर्वाचन प्रक्रियाबारे जानकारी गराएका थिए ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni २ हप्ता अगाडि

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

रौतहट २५ असोज । गायत्री परिवारकी संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले भारतको हरिद्वारस्थित…

ByByanjana soni ३ हप्ता अगाडि

गौशालामा नवदुर्गा महोत्सव २०८३ आयोजना हुँदै, घटस्थापनाको दिन भव्य कलश यात्रा

  काठमाडौं। श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्ले यस वर्ष पनि नवदुर्गा महोत्सव २०८३ आयोजना…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *