• Home
  • ताजा समाचार
  • नेपाल सम्झिंदै अतिफ असलमले भने- काठमाडौं कन्सर्ट प्रेरणादायी थियो
Image

नेपाल सम्झिंदै अतिफ असलमले भने- काठमाडौं कन्सर्ट प्रेरणादायी थियो

काठमाडौं । सांगीतिक कार्यक्रम प्रस्तुत गर्न पाकिस्तानी गायक अतिफ असलम सन् २०१२ मा काठमाडौंमा थिए । दशरथ रंगशालामा उनले दर्शकलाई नचाए ।

उनी काठमाडौं आएको १० वर्ष बित्यो । तर पनि उनी नेपाल कन्सर्टलाई लिएर नोस्टाल्जिक बनेका छन् । नेपाल टुरलाई सम्झिंदै अतिफले नेपाली फ्यानको फिडब्याक र रेस्पोन्स वास्तवमै प्रेरणादायी रहेको बताएका छन् ।

हालैका केही अन्तर्वार्तामा अतिफले भनेका छन्, ‘अहिलेसम्म म एकपटक मात्र नेपाल गएको छु । व्यक्तिको फिडब्याक र रेस्पोन्स छ, त्यो वास्तवमै प्रेरणादायी र स्मरणीय थियो ।’

जेटल्यागले आफू निकै थकित भएको बेला काठमाडौं अवतरण गरेको स्मरण गर्दै उनले भने, ‘म निकै थकित थिएँ, जेटल्याग भएको थियो । मसँग सुत्नको लागि एक घण्टा पनि थिएन । विमान अवतरण हुने बित्तिकै हामी सिधै भेन्युमा पुगेका थियौं ।’

उनले सम्झिए, ‘मैले यस्तो भीड देखें, जो खुसीले उफ्रिंदै आएका थिए । ३०-३५ हजार मान्छे भेला भएका थिए ।’

पाश्र्वगायक अतिफले उर्दूसहित हिन्दी, बंगाली र पञ्जाबी भाषामा समेत गीत गाएका छन् । ‘भोकल बेल्टिङ’ शैलीमा गाउने गायकको रुपमा उनी चर्चित छन् । सन् २०११ मा उनले उर्दू भाषाको फिल्म ‘बोल’मा समेत अभिनय गरेका थिए ।

नेपालमा असलमको संगीतलाई पछ्याउने फ्यानको संख्या निकै उच्च छ ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni २ हप्ता अगाडि

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

रौतहट २५ असोज । गायत्री परिवारकी संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले भारतको हरिद्वारस्थित…

ByByanjana soni २ हप्ता अगाडि

गौशालामा नवदुर्गा महोत्सव २०८३ आयोजना हुँदै, घटस्थापनाको दिन भव्य कलश यात्रा

  काठमाडौं। श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्ले यस वर्ष पनि नवदुर्गा महोत्सव २०८३ आयोजना…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *