• Home
  • समाचार
  • ११ औं नेफ्टा फिल्म अवार्डको शीर्ष गीतको संगीतकारमा अल्मोडा अनुबन्धित
Image

११ औं नेफ्टा फिल्म अवार्डको शीर्ष गीतको संगीतकारमा अल्मोडा अनुबन्धित

काठमाडौं, पुस १६ गते । काठमाडौं, पुस १६ गते । नेफ्टा फिल्म अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्ससमा हुने भएको छ । नेफ्टा फिल्म अवार्ड नेपाली चलचित्र क्षेत्रको प्रसिद्ध अवार्ड हो । डिसेम्बर ७ तारिकका दिन बृहत पत्रकार सम्मेलन गरि अवार्डको ११ औं संस्करण टेक्ससको ग्रान्ड पेरी स्थित ट्रस्ट सीयू थिएटरमा आयोजना हुने घोषणा गरिएको थियो ।  त्यस्तै ११ औं नेफ्टा फिल्म अवार्डको शीर्ष गीतको संगीत अल्मोडा राना उप्रेतीले भर्ने भएका छन् । आयोजक सदस्य किसन रेग्मीका अनुसार म्युजिक भिडियो र पाश्र्वगायनमा समेत चर्चित यी गायकको संलग्नताले अवार्डको सांगीतिक पक्षलाई अब्बल बनाइने छ ।

आगामी जेठ १३ गते अमेरिकाको टेक्ससमा चलचित्र प्राविधिक संघ (नेफ्टा)को ११ औं संस्करण सम्पन्न हुँदैछ ।नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको यस अवार्डको मुख्य आयोजकका रुपमा रहेका यूएस खबर मिडिया नेटवर्क कर्पोरेशन, फेम नेपाल, ८८४८ मिडिया हाउस र आर्यन फिल्मस रहेका छन् ।

अमेरिकी संस्करणको अवार्डका लागि नेफ्टाले फेम नेपाल, यूएस खबर र आर्यन फिल्म्ससँग सहकार्य गर्दैछ । आगामी जनवरीमा हुने पत्रकार सम्मेलनमार्फत अवार्डबारे विस्तृत जानकारी सार्वजनिक गर्ने नेफ्टाको तयारी छ । अवार्ड समारोह ६ हजार ३ सय सिट क्षमता रहेको टेक्ससको ट्रस्ट सीयू थिएटरमा आयोजना गरिने छ ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *