• Home
  • ताजा समाचार
  • तमु ल्होसारका निम्ति सरकारले आवश्यक बजेट छुट्याउँछ : प्रधानमन्त्री दाहाल
Image

तमु ल्होसारका निम्ति सरकारले आवश्यक बजेट छुट्याउँछ : प्रधानमन्त्री दाहाल

काठमाडौं, १५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु ल्होसारका निम्ति सरकारले आवश्यक बजेट छुट्टयाउने प्रतिवद्धता जनाएका छन् ।

तमु ल्होछारका अवसरमा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले आज शुक्रबार काठमाडौंको टुँडीखेलमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले तमु ल्होसारका निम्ति अहिलेसम्म दिइदै आएको भन्दा बढी बजेट सरकारले छुट्टयाउने प्रतिवद्धता जनाएका हुन् ।

तमू समुदायको मौलिक र ऐतिहासिक पहिचान स्थापित रहेको र आफ्नो इमान्दारिता, लगनशीलता, मेहनत, वीरता र बलिदानको कीर्तिमानीका कारण तमू समुदायको नेपाली पात्रोमा गर्वको एउटा पहिचान रहेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले तमू समुदाय र उनका पूर्खाले आर्जन गरेको गौरवशाली परम्परालाई उच्च सम्मान गर्न चाहेको धारणा व्यक्त गरे ।

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउने गर्दछन् ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन् ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni २ हप्ता अगाडि

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

रौतहट २५ असोज । गायत्री परिवारकी संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले भारतको हरिद्वारस्थित…

ByByanjana soni २ हप्ता अगाडि

गौशालामा नवदुर्गा महोत्सव २०८३ आयोजना हुँदै, घटस्थापनाको दिन भव्य कलश यात्रा

  काठमाडौं। श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्ले यस वर्ष पनि नवदुर्गा महोत्सव २०८३ आयोजना…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *