• Home
  • ताजा समाचार
  • दुईटा कुरा भन्न छुटेछ भन्दै प्रधानमन्त्री प्रचण्डले भनेका दुई कुरा
Image

दुईटा कुरा भन्न छुटेछ भन्दै प्रधानमन्त्री प्रचण्डले भनेका दुई कुरा

१५ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएयता पहिलोपटक शुक्रबार सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।

उनी टुँडिखेलस्थित गुरुङ समुदायको तमु ल्होसार समारोहमा उपस्थित भए । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो छोटो भनाइ राख्दै शुभकामना दिए ।

पोडियमबाट आफ्नो भनाइ सकाएर मञ्चमा फर्किसकेका प्रधामन्त्री प्रचण्ड ‘दुईटा कुरा भन्न छुटाए छु’ भन्दै पुनः पोडियममै फर्किए ।

उनले छुटाएका दुईवटा कुरा पनि भने ।

पहिलो– उनले समारोहमा सुरक्षाका निम्ति खटिएका सुरक्षाकर्मीलाई सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिए ।

‘यो काठमाडौंको टुँडिखेलमा आयोजित यो समारोहको सुरक्षाका निम्ति विशेष ध्यान दिन नेपाल प्रहरीलाई म यसै मञ्चबाट निर्देशित गर्न चाहन्छु,’ उनले भने ।

प्रचण्डले उठाएको दोस्रो कुरा– तमु ल्होसारका निम्ति सरकारले दिने आर्थिक सहयोगसँग सम्बन्धित थियो । विगतमा आर्थिक सहयोग रोकिएको भन्दै आफूले दोब्बर गर्ने घोषणा समेत गरे ।‘तमु ल्होसार निम्ति बिगत सरकारले पनि सम्मान र सहानुभूति स्वरुप आर्थिक सहयोग गर्दै आएको मलाई थाहा छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘म पनि दोस्रो चोटी प्रधानमन्त्री हुँदा मैले बोलेको थिएँ । तर, मैले प्रधानमन्त्री छोडेपछि त्यो आर्थिक सहयोग भएन भनेर मलाई सुनाउनुभयो । यो पटक अहिलेसम्म दिइएको भन्दा बढी रकम दिइने छ । र, मेलै दिने छु ।’

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni २ हप्ता अगाडि

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

रौतहट २५ असोज । गायत्री परिवारकी संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले भारतको हरिद्वारस्थित…

ByByanjana soni २ हप्ता अगाडि

गौशालामा नवदुर्गा महोत्सव २०८३ आयोजना हुँदै, घटस्थापनाको दिन भव्य कलश यात्रा

  काठमाडौं। श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्ले यस वर्ष पनि नवदुर्गा महोत्सव २०८३ आयोजना…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *