• Home
  • ताजा समाचार
  • सुशील श्रेष्ठ स्टारर ‘द आउट ल’को पोस्टर सार्वजनिक, दशैंमा रिलिज गर्ने योजना
Image

सुशील श्रेष्ठ स्टारर ‘द आउट ल’को पोस्टर सार्वजनिक, दशैंमा रिलिज गर्ने योजना

काठमाडौं पुष १५ 

अभिनेता सुशील श्रेष्ठको मुख्य भूमिका हुने फिल्म ‘द आउट ल’को निर्माण घोषणा गरिएको छ । अंग्रेजी नयाँवर्ष २०२३ को छेकोमा निर्माताले फस्टलुक पोस्टर सार्वजनिक गरेका हुन् । थिम टिजर पनि शुक्रबार नै सार्वजनिक गर्ने तयारी छ ।

फिल्ममा सुशीलको अपोजिटमा डेब्यु गर्ल शिक्षा संग्रौलाले अनस्क्रिन रोमान्स गर्नेछिन् । नरेश पौड्याल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी र महेश त्रिपाठीको पनि फिल्ममा अभिनय हुनेछ । एक्सन थ्रिलर जनरामा निर्माण हुने फिल्मले कानुन नमान्ने पात्रको कथा भन्छ । अनलाइनखबरसँग कुरा गर्दै अभिनेता श्रेष्ठले आफ्नो करिअरमा यो फिल्मले महत्वपूर्ण अर्थ राख्ने बताए ।

सन् २०१५ मा ‘होस्टेल रिटन्र्स’बाट अभिनय करिअर थालेका उनले सायद २, कारखाना र बादशाह जुटमा पनि अभिनय गरेका छन् । शिक्षा चाहिं मोडलिङ क्षेत्रमा सक्रिय छिन् । शशांक खड्का र अमित अग्रहरीको लगानीमा निर्माण हुने फिल्मका कार्यकारी निर्माता विनोद कडायत हुन् । कडायत ‘प्रेमगीत ३’का कला निर्देशक समेत हुन् ।

निर्माता शशांक खड्काले छायांकनको तयारी पूरा भएको बताए । पुस २१ गतेदेखि छायांकन सुरु हुनेछ । ‘कथा दमदार छ । युवालाई लक्षित गरी कथा बनाइएको हो । पढेका र युवा टिममा भएकाले फिल्मको नतिजा राम्रो आउने विश्वास छ,’ खड्काले भने ।फिल्मलाई नवीन गुरुङले खिच्नेछन् । करिब दुई करोड रुपैयाँ बजेट रहने ‘द आउट ल’लाई आगामी दशैंमा रिलिज गर्ने योजना छ ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni २ हप्ता अगाडि

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

रौतहट २५ असोज । गायत्री परिवारकी संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले भारतको हरिद्वारस्थित…

ByByanjana soni २ हप्ता अगाडि

गौशालामा नवदुर्गा महोत्सव २०८३ आयोजना हुँदै, घटस्थापनाको दिन भव्य कलश यात्रा

  काठमाडौं। श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्ले यस वर्ष पनि नवदुर्गा महोत्सव २०८३ आयोजना…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *