• Home
  • ताजा समाचार
  • निराकरले भिडियोकलमा छोरालाई ‘राम्रो मान्छे बन्नु’ भने अनि क्यासिनोको १२ तलाबाट हामफाले
Image

निराकरले भिडियोकलमा छोरालाई ‘राम्रो मान्छे बन्नु’ भने अनि क्यासिनोको १२ तलाबाट हामफाले

काठमाडौं, १५ पुस । कम्बोडियाको पोइपेट सहरको क्यासिनोमा आगलागी हुँदा एक नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा बिर्तामोडाका ४० वर्षीय निराकर पाण्डे रहेका छन् । ग्राण्ड डायमण्ड सिटी क्यासिनोमा कार्यरत रहेका पाण्डेको आगोबाट बच्न क्यासिनको १२ तलाबाट हाम फाल्दा मृत्यु भएको हो ।

क्यासिनोबाट हाम फाल्नुअघि पाण्डेले डेढ घण्टा परिवारका सदस्यहरुसँग कुराकानी गरेका थिए । भिडियोमा पाण्डेले कुरा गर्दागर्दै कोठामा धुँवा भरिएको देख्न सकिन्छ । होटल परिसरमा दमकलको साइरन पनि सुनिन्छ ।

कतैबाट निस्कने बाटो नपाएपछि अन्तिम अवस्थामा पाण्डेले परिवारसँग कुराकानी गरेर हाम फालेका हुन् । उनले अन्तिममा छोरालाई आफूले धेरै मायाँ गर्ने भन्दै राम्रो मान्छे बन्न आशिर्वाद थिएका थिए ।

‘मामुलाई धेरै माया गर्नु, अग्नि बुबा, लीला मामुलाई माया गर्नू है। लमजुङ बुबा मामुलाई माया गर्नू सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा। कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न। आफूले सकेको सहयोग गर्नुपर्छ है छोरा। अनि त्यसपछि विशेष गरी मामाहरूलाई कहिल्यै पनि चित्त नदुखाउनू। माइजुहरूलाई चित्त नदुखाउनू। उहाँहरूले धेरै गर्नुभएको छ, माइजुहरूले। लमजुङ बुबा आमाले पनि धेरै गर्नुभएको छ। है सानु तिमी धेरै ठूलो मान्छे बन्नू। ज्ञानी हुनू। अनि रह्यो दिनेश सिलवाल, जो तिमी ठूलोबाबा भन्छौ। है उमेरले ऊ मभन्दा कान्छो भए पनि म दाइ भन्छु उसले मलाई दाजु भन्छ। उसलाई एकदम रेस्पेक्ट गर्नू है बाबु,’ उनले भिडियोकलमा छोरालाई भनेका छन् ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni २ हप्ता अगाडि

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

रौतहट २५ असोज । गायत्री परिवारकी संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले भारतको हरिद्वारस्थित…

ByByanjana soni २ हप्ता अगाडि

गौशालामा नवदुर्गा महोत्सव २०८३ आयोजना हुँदै, घटस्थापनाको दिन भव्य कलश यात्रा

  काठमाडौं। श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्ले यस वर्ष पनि नवदुर्गा महोत्सव २०८३ आयोजना…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *