• Home
  • ताजा समाचार
  • ‘अवतार २’ ले नेपालमा कुल १० करोड कमाइ गर्ने प्रक्षेपण, ‘स्पाइडरम्यान’लाई उछिन्यो
Image

‘अवतार २’ ले नेपालमा कुल १० करोड कमाइ गर्ने प्रक्षेपण, ‘स्पाइडरम्यान’लाई उछिन्यो

काठमाडौं पुष १५ 

जेम्स क्यामरुन निर्देशित साइन्स-फिक्सन फिल्म ‘अवतार : द वे अफ वाटर’ यस वर्ष नेपालमा सबैभन्दा धेरै कमाउने हलिउड फिल्म बनेको छ ।

१३ वर्षअघि नेपालमा समेत रिलिज भएको फिल्म ‘अवतार’को दोस्रो श्रृंखलाले दुई सातामा नेपालमा आठ करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको एप्पल इन्टरटेनमेन्टले जनाएको छ ।

अंग्रेजी नयाँवर्ष २०२३ को छेको र पछिल्लो सप्ताहन्तमा फिल्मको कमाइ अझै स्थिर हुने आशा आफूले लिएको एप्पलले बताएको छ । ‘यो ऐतिहासिक कमाइ हो । यो विकेन्डमा पनि फिल्मले अझै धेरै कमाइ गर्न सक्छ,’ एप्पलकी जेनिशा पहारीले भनिन् ।

फिल्मको नेपालमा लाइफटाइम कलेक्सन १० करोड हाराहारीमा हुने प्रक्षेपण आफूहरुले गरेको एप्पलले जनाएको छ । पुस १ गते रिलिज भएको फिल्म अहिले पनि आक्रामक अकुपेन्सीसहित मल्टिप्लेक्समा प्रदर्शन भइरहेको छ ।

अवतार २’ले यस वर्षको सुरुवातमा रिलिज भएको हलिउड सुपरहिरो फिल्म ‘स्पाइडरम्यान : नो वे होम’को नेपालको कमाइलाई पनि उछिनेको छ । टम हल्याण्ड स्टारर उक्त फिल्मले नेपालमा ७ करोड ३० लाख रुपैयाँ लाइफटाइम कलेक्सन गरेको थियो । यसैवर्ष रिलिज भएको अर्को हलिउड सुपरहिरो फिल्म ‘डक्टर स्टेन्ज इन द मल्टिभर्स अफ म्याडनेसले नेपालमा ४ करोड ५० लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो ।

विश्वकप फुटबलको सेमिफाइनल खेल चलिरहँदा रिलिज भएको अवतार २ ले रिलिजको समय होइन कन्टेन्ट महत्वपूर्ण भएको सन्देश दिएको छ । हलहरु सुनसान भएको बेला र विश्वकप फुटबलको माहोलबीच लागे पनि यसले आक्रामक सप्ताहन्त ओपनिङ गरेको थियो ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni २ हप्ता अगाडि

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

रौतहट २५ असोज । गायत्री परिवारकी संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले भारतको हरिद्वारस्थित…

ByByanjana soni २ हप्ता अगाडि

गौशालामा नवदुर्गा महोत्सव २०८३ आयोजना हुँदै, घटस्थापनाको दिन भव्य कलश यात्रा

  काठमाडौं। श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्ले यस वर्ष पनि नवदुर्गा महोत्सव २०८३ आयोजना…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *