• Home
  • अर्थ
  • ४ महिनापछि नेप्से २ हजार बिन्दुमाथि
Image

४ महिनापछि नेप्से २ हजार बिन्दुमाथि

१४ पुस, काठमाडौं । चार महिनापछि सेयर बजार परिसूचक नेप्से दुई हजार अंकको बिन्दु पार गरेको छ । ११ भदौमा दुई हजार अंकको बिन्दुबाट तल झरेको नेप्सेले १४ पुसमा आएर पुनः २ हजार अंकभन्दा माथिको बिन्दुमा पुगेको छ ।

साताको अन्तिम कारोबार दिन तथा सन् २०२२ को अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से ५६.८८ अंक (२.८८ प्रतिशत)ले वृद्धि हुँदा २०२९.०३ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा करिब ३ अर्बको कारोबार भएको छ ।

बिहीबार वित्त कम्पनी उपसूचक सर्वाधिक ५.३८ प्रतिशतले वृद्धि हुँदा हाइड्रोपावर उपसूचक पनि ४.९२ प्रतिशतले वृद्धि भएको छ । नेप्सेमा उच्च वृद्धि हुँदा बिहीबार २ अर्ब ८६ करोड ३ लाख ४६ हजारको सेयर कारोबार भएको छ ।

जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक १२ करोड १४ लाख ७२ करोडको कारोबार हुँदा नेपाल दूरसञ्चार कम्पनीको १० करोड ९२ लाख ४८ हजारको कारोबार भएको छ । त्यस्तै रिडी पावर कम्पनीको १० करोड १४ लाख २७ हजारको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा २१४ कम्पनीको सेयर कारोबार हुँदा २०८ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ६ कम्पनीको सेयरमूल्यमा भने गिरावट भएको छ ।

बिहीबार नेप्सेमा कारोबार भएकामध्ये ७ कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । हिमालयन उर्जा विकास कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स र सृजनशील लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेको छ । यस्तै धौलागिरी लघुवित्त, अजोड इन्स्योरेन्सको सेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि हुँदा प्रभु लाइफ इन्स्योरेन्स र श्वेतगंगा हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ । यता नेस्डो समृद्धि लघुवित्तको सेयरमूल्य १.०४ प्रतिशतले गिरावट हुँदा इस्टन हाइड्रोपावर कम्पनीको सेयरमूल्य ०.८२ प्रतिशतले गिरावट भएको छ ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni ३ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni ३ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ५ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *