• Home
  • अर्थ
  • शेयर बजार ५६ अङ्कले बढेर २ हजार विन्दुभन्दा माथि, २ अर्ब ८६ करोड रुपैयाँको कारोबार
Image

शेयर बजार ५६ अङ्कले बढेर २ हजार विन्दुभन्दा माथि, २ अर्ब ८६ करोड रुपैयाँको कारोबार

काठमाण्डाै पुस १४

हिजो बुधवार ११ अङ्कले घटेको शेयर बजार आज बिहीवार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५६ दशमलव ८८ अङ्कले बढेर दुई हजार २९ दशमलव शून्य तीन विन्दुमा पुगेको छ ।

गएको भदौपछि पहिलो पटक नेप्से दुई हजारको विन्दुमा पुगेको हो । आज विकास बैंक, बीमा, जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज दुई सय ५७ वटा कम्पनीका ८० लाख २४ हजार कित्ता शेयर दुई अर्ब ८६ करोड तीन लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको १२ करोड तथा नेपाल दूरसञ्चार कम्पनी र रिडी हाइड्रोको १० करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज हिमालयन ऊर्जा विकास कम्पनी, सानिमा लाइफ इन्सुरेन्स, अजोड इन्सुरेन्स, प्रभु इन्सुरेन्स, श्वेत गंगा हाइड्रो, सृजनशील लघुवित्त र धौलागिरि लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजारमा हरियाली भए पनि आज नेष्डो समृद्ध लघुवित्तको शेयर एक प्रतिशतले घटेको छ ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

२१.३२ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं, २८ असोज । साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। पछिल्ला…

ByByanjana soni २ हप्ता अगाडि

आज पनि ४ अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

काठमाडौं, २७ असोज । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। लगातार चौथो दिन…

ByByanjana soni २ हप्ता अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *