• Home
  • खेलकुद
  • एक खेलअघि नै अस्ट्रेलियाले जित्याे टेस्ट क्रिकेट शृङ्खला
Image

एक खेलअघि नै अस्ट्रेलियाले जित्याे टेस्ट क्रिकेट शृङ्खला

काठमाण्डाै पुस १४

दक्षिण अफ्रिकासँगको तीन खेलको टेस्ट क्रिकेट शृङ्खला अस्ट्रेलियाले जितेको छ । मेलबर्नमा आज बिहीवार सकिएको दोस्रो टेस्ट क्रिकेट एक पारी र एक सय ८२ रनले जितेसँगै अस्ट्रेलियाले एक खेल बाँकी छँदै शृङ्खला जितेको हो । 

पहिलो पारीमा तीन सय ८६ रनले पछि परेको दक्षिण अफ्रिकाले दोस्रो पारीमा दुई सय चार रन बनाउँदा सबै विकेट गुमायो । दक्षिण अफ्रिकाका तेम्बा बभुमाले सर्वाधिक ६५ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका नाथन लायनले तीन, स्कट बोलान्डले दुई तथा मिचेल स्टार्क, प्याट कमिन्स र स्टेभिन स्मिथले एक/एक विकेट लिए । 

पहिलो पारीमा अस्ट्रेलियाका डेभिड वार्नरले दुई सय र एलेक्स केइरीले एक सय ११ रन बनाएका थिए ।

Related Posts

विश्वकप अधिकार बेच्ने गोप्य योजना: फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी

काठमाडौं, ३० असोज। अध्यक्ष जियानी इन्फान्टिनोले ‘फिफा फरवार्ड इन्टरप्राइज’मार्फत विश्वकपका अधिकारहरू बेच्ने आफ्नो योजनाका लागि फिफा काउन्सिल समक्ष…

ByByanjana soni २ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

माइकल जोर्डनको ‘लास्ट डान्स’ जर्सी कीर्तिमानी १ करोड ४० लाख डलरमा बिक्री

काठमाडौँ, २८ असोज । सन् १९९८ को एनबीए फाइनलको ‘लास्ट डान्स’ शृङ्खलाअन्तर्गत दोस्रो खेलमा माइकल जोर्डनले लगाएको जर्सी…

ByByanjana soni २ हप्ता अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *