• Home
  • खेलकुद
  • एक खेलअघि नै अस्ट्रेलियाले जित्याे टेस्ट क्रिकेट शृङ्खला
Image

एक खेलअघि नै अस्ट्रेलियाले जित्याे टेस्ट क्रिकेट शृङ्खला

काठमाण्डाै पुस १४

दक्षिण अफ्रिकासँगको तीन खेलको टेस्ट क्रिकेट शृङ्खला अस्ट्रेलियाले जितेको छ । मेलबर्नमा आज बिहीवार सकिएको दोस्रो टेस्ट क्रिकेट एक पारी र एक सय ८२ रनले जितेसँगै अस्ट्रेलियाले एक खेल बाँकी छँदै शृङ्खला जितेको हो । 

पहिलो पारीमा तीन सय ८६ रनले पछि परेको दक्षिण अफ्रिकाले दोस्रो पारीमा दुई सय चार रन बनाउँदा सबै विकेट गुमायो । दक्षिण अफ्रिकाका तेम्बा बभुमाले सर्वाधिक ६५ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका नाथन लायनले तीन, स्कट बोलान्डले दुई तथा मिचेल स्टार्क, प्याट कमिन्स र स्टेभिन स्मिथले एक/एक विकेट लिए । 

पहिलो पारीमा अस्ट्रेलियाका डेभिड वार्नरले दुई सय र एलेक्स केइरीले एक सय ११ रन बनाएका थिए ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni ३ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni ३ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ५ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *