Image

महान्यायाधिवक्ता डा. पोखरेलद्वारा शपथ ग्रहण

काठमाण्डाै  पुस १४

नवनियुक्त महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । 

राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहीवार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले डा. पोखरेललाई शपथ गराउनुभएको हो । 

प्रधानमन्त्री प्रचण्डकाे सिफारिसमा राष्ट्रपति भण्डारीले डा. पोखरेललाई हिजाे बुधवार महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

अधिवक्ता डा. पोखरेल प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर ४ का निवासी हुनुहुन्छ । अधिवक्ता डा. पोखरेलले भारतको दिल्ली विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर र नेदरल्यान्डबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । संवैधानिक कानुनका जानकार अधिवक्ता पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गर्नुभएको छ । यसअघि पोखरेलले तत्कालीन सभामुख ओनसरी घर्तीमगरको कानुनविज्ञका रूपमा काम गर्नुभएको थियो ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni २ हप्ता अगाडि

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

रौतहट २५ असोज । गायत्री परिवारकी संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले भारतको हरिद्वारस्थित…

ByByanjana soni २ हप्ता अगाडि

गौशालामा नवदुर्गा महोत्सव २०८३ आयोजना हुँदै, घटस्थापनाको दिन भव्य कलश यात्रा

  काठमाडौं। श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्ले यस वर्ष पनि नवदुर्गा महोत्सव २०८३ आयोजना…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *