• Home
  • ताजा समाचार
  • पाँच सय ३२ किमी वितरण सञ्जालमा मेलम्चीको पानीको सफल परीक्षण
Image

पाँच सय ३२ किमी वितरण सञ्जालमा मेलम्चीको पानीको सफल परीक्षण

काठमाण्डाै पुस १४

मेलम्चीको पानी वितरण गर्न काठमाण्डाै उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको एक हजार १० किमी वितरण सञ्जालमध्ये पाँच सय ३२ किमीमा पानी परीक्षण सम्पन्न भएको छ । बाँकी क्षेत्रमा पानी परीक्षणको तयारी भइरहेको निर्देशनालयका प्रवक्ता चन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

तेस्रो पटक मेलम्चीको पानी राजधानी आउनुअघि दैनिक २० देखि २५ किमी क्षेत्रमा पानी परीक्षण गर्ने गरिएको थियो । लिमिटेडको पुरानो स्रोतबाट वितरण भएको पानीले त्यसबेला पानी वितरण गर्ने गरिएको थियो । मेलम्चीको पानी आउन थालेपछि गत मङ्सिर तेस्रो सातादेखि भने दैनिक ६० देखि एक सय किमीसम्म पानी परीक्षण गर्ने गरिएको उहाँले बताउनुभयो । 

परीक्षणका क्रममा नयाँबजार, बानेश्वर, लैनचौरलगायत क्षेत्रमा नेपाल विद्युत् प्राधिकरण र काठमाण्डाै महानगरपालिकाले विद्युत्का तार भूमिगत, ढल व्यवस्थापनलगायत प्रयोजनका लागि खन्दा पाइप पनि काटिएको अवस्थामा भेटिएको निर्देशनालयले जनाएको छ ।

मेलम्चीको पानी आउन थालेपछि नयाँ वितरण सञ्जाल परीक्षणका लागि पानी पठाउँदा पाइप काटिएको थाहा पाइएको हो । पाइप काटिएर पानी चुहावट भएको थाहा पाउने बित्तिकै मर्मत सम्भारका लागि समूह परिचालन गरिएको निर्देशनालयले जनाएको छ । निर्देशनालयले सक्दो छिटो काटिएको पाइप मर्मत गरी पानी वितरण गर्ने व्यवस्था मिलाएको छ ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २३ घण्टा अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni १ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ३ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *