सन्दीप लामिछानेको पुनरावेदनको पेसी आजका लागि तोकियो
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
१४ पुस, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसी आजका लागि तोकिएको छ । गएको साताका लागि पेसी तोकिए पनि ‘बार डे’ परेपछि सन्दीप पक्षका वकिलहरूले नै उक्त दिनको पेसी स्थगित गरेका थिए ।
बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेर मुद्दा लडिरहेका लामिछानेको पाटन उच्च अदालतमा हुने पेसीमा आज नै बहस र फैसला हुन सक्ने सम्भावना रहेको सन्दीप पक्षधर वकिलहरूको भनाइ छ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि