• Home
  • ताजा समाचार
  • प्रियंका कार्की स्टारर ‘चि मुसी चि’को गीत ‘कथा’ सार्वजनिक
Image

प्रियंका कार्की स्टारर ‘चि मुसी चि’को गीत ‘कथा’ सार्वजनिक

काठमाडौं पुष १२

पुस २२ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’को पहिलो गीत सार्वजनिक भएको छ ।

कलाकारको उपस्थितिमा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिएको हो । गीतमा प्रियंका कार्की, आयुष्मान जोशी, ऋचा शर्मा, बेनिशा हमाल र राजन खतिवडा फिचर्ड छन् ।

रोहित शाक्य र विराज गौतमको संगीत रहेको गीतमा विराज र त्रिशला गुरुङको स्वर समावेश छ । सौरभ श्रेष्ठ र गौतमले गीत लेखेका छन् । गीतले फिल्मको कथावस्तु र पात्रको मनोदशा बुझ्न मद्दत पुग्छ ।

पत्रकार सम्मेलनमा बोल्दै त्रिशलाले हरर थ्रिलर फिल्ममा गीत गाउन पाउँदा खुसी लागेको बताइन् । निर्देशक मर्ण जेम्सले कथाको मर्म बुझाउन पनि कथा गीत समावेश गरिएको बताइन् ।

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा रविन्द्र झा, गौरव विष्ट, विज्ञ नेपाल, विभूति नेपालको अभिनय छ । यसले हरर तथा थ्रिलर शैलीका फिल्मको स्वाद बसाउने जनाइएको छ ।

फिल्मलाई जेम्स र यश सैनीले मिलेर निर्देशन गरेका हुन् । नेपाली र बलिउड प्राविधिकले काम गरेकाले दर्शकले केही फरक र नयाँपन महसुस गर्ने निर्माण टिमको विश्वास छ ।

Related Posts

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni १ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni २ दिन अगाडि

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्योः बिपद प्राधिकरण

काठमाडौं, ११ भदौं । नेपाल र तिब्बतमा आएको आकस्मिक बाढी र पहिरोपछि ठूलो स्तरको आपतकालीन उद्धार कार्य जारी…

ByByanjana soni ३ दिन अगाडि

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *