काठमाडौं, पुस १२ गते । पूँजी बजारमा लगानी गर्ने लगानीकर्ताहरुको मनोबल बढाउन आवश्यक कदम चाल्ने नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले बताएका छन् । आज नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलको नेतृत्वमा भएको लगानीकर्ताहरुको टोलिसंगको भेटमा पौडलले यस्तो आश्वासन दिएका हुन् ।
अर्थमन्त्री पौडेलले बजारको बिस्तार र सुधारका लागि आँफुले काम गर्ने भन्दै अहिले बजारमा देखिएको गिरावटको कारण पत्ता लगाई त्यसको निराकरणका लागि आवश्यक कदम चाल्ने आश्वासन समेत दिएको पाख्रेलले जानकारी दिएकी छन् । अर्थमन्त्री पौडेलले लगानीकर्ताहरुलाई बजारमा के कस्ता समस्याहरु छन् र त्यसको समाधान कसरी गर्न सकिन्छ भन्ने बिषयमा आँफुलाई फेरि पनि भटेर सुझाव दिन लगानीकर्ताहरुलाई आग्रह समेत गरेका छन् ।












