Trending

अध्यक्ष प्रचण्ड र विमलेन्द्र निधिबीच भेटवार्ता, प्रधानमन्त्रीको दाबी छोड्न निधिको आग्रह

955Views
0 Shares


काठमाडौं, पुस १० गते । आज बिहान कांग्रेस नेता विमलेन्द्र निधि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेट्न खुमलटार पुगेका छन्। निधि सभापति शेरबहादुर देउवाको सन्देश लिएर खुमलटार पुगेका हुन्।नेपाली कांग्रेसले माओवादी केन्द्रलाई फकाउन अन्तिम कसरत गरिरहेको छ । भेटमा निधि र प्रचण्डबीच नयाँ सरकार गठन, सत्ता समीकरण र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ।

उक्त भेटमा निधिले प्रचण्डलाई प्रधानमन्त्रीको दाबी छोड्न आग्रह गरेका छन्। निधिले गठबन्धन जोगाएर अगाडि बढ्न आफ्नो दाबी छोडेर सहमतिमा आउन दबाब दिएका छन्।यता प्रचण्डले भने प्रधानमन्त्रीको दाबी नछोडेको खण्डमा नेपाली कांग्रेसले एमालेसँग सहकार्यका गर्ने जानकारी गराएका छन्।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमत पुर्‍याएर प्रधानमन्त्री दाबी गर्न आज ५ बजेसम्मको समय तोकेकी छन्। तर गठबन्धनको शनिबार बसेको बैठकमा कांग्रेस र माओवादी केन्द्रले सरकारको नेतृत्व पहिले आफूले गर्न पाउनुपर्ने दाबी दोहोर्‍याएकाले सहमति हुन सकेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय