Trending

सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक बस्दै, सहमत जुटाउन सकस

925Views
0 Shares


काठमाडौं, पुस १० गते । आज सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक पुनः बस्दै छ । शनिबार बसेको बैठक बिनानिष्कर्ष सकिएपछि आज पुनः बैठक बस्न लागेको हो । सत्ता सरकार गठनबारे छलफल गर्न शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक विनानिष्कर्ष टुंगिएको थियो ।

गठबन्धनकै नेतृत्वमा सरकार बनाउन नेताहरू सहमत भए पनि पहले सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय टुंगिएको छैन । नेपाली कांग्रेस र नेकपा माओवादीले पहिले सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गरिरहेका छन् । आज बस्ने बैठक निष्कर्षमा पुग्ने ​सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।शनिबारको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय