Trending

गठबन्धनबाट पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री बनाऔं–बर्षमान पुन

810Views
0 Shares

काठमाडौं, पुस ९ गते । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनबीच भटवार्ता भएको छ । आज बिहान बालवाटारमा कांग्रेसको संसदीय दलको बैठक अगाडि उपमहासचिव पुन र देउवाबीच भेटवार्ता भएको हो। भेटमा पुनले देउवासँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई नै प्रधानमन्त्री बनाउनुपर्नेमा अडान राखेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा बहुमतसहित दाबी गर्न दलहरूलाई आइतबार ५ बजेसम्मको समय दिएकी छन्। तर कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा दलहरूबीच शनिबार बिहानसम्म सहमति जुटेको छैन।

उनले गठबन्धनबाट पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने र यहि गठबन्धनलाई अगाडि बढाउनुपर्ने बताएका छन् । उनले भने, तपाईं दोस्रो चरणमा प्रधानमन्त्री बन्नुहोला।’ आजको भेटमा पुनले देउवासमक्ष भने,, ‘माओवादी गठबन्धनभित्रकै दोस्रो ठूलो दल हो। हामीले साथ दिएकाले अहिले तपाईं प्रधानमन्त्री बन्नुभयो, तपाईंकै नेतृत्वमा निर्वाचन सम्पन्न भयो, अब दुई वर्ष माओवादीको नेतृत्वमा सरकार बन्छ त्यसपछि कांग्रेसलाई सहयोग गर्छौ’

देउवाले ‘बालुवाटारमा कांग्रेसबाट निर्वाचित सांसदहरुलाई आज दिउँसो छलफलका लागि बोलाएको छु, सांसदसँग छलफल गरेपछि मात्र के गर्ने भन्ने टुंगोमा पुगौंला’ भन्ने जवाफ दिएको बालुवाटार स्रोतले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय