राज्यबाट दिइने तलब भत्ता सामाजिक कामको लागि उपयोग गर्ने तोसिमा कार्कीको घोषणा
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, पुस ९ गते । आफूले पाउने तलब भत्ता सामाजिक कामको लागि उपयोग गर्ने ललितपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद डा. तोसिमा कार्कीले बताएकी छन् । आज सामाजिक संजाल मार्फत आफ्नो धारणा राख्दै यस्तो बताएकी हुन । सांसद कार्कीले राज्यबाट दिइने तलब भत्ता सामाजिक कामको लागि उपयोग गर्ने घोषणा गरेकी हुन् ।
उनले तलब भत्ताको सुरुवात‘निःशुल्क महिनावारी सामाग्री अभियान’मा खर्च गरिने बताएकी छन् । ललितपुर ३ मा भएका सामुदायिक, सरकारी विद्यालयहरूमा महिला छात्राहरूका निम्ति निःशुल्क सेनेटरी प्याड वितरणको लागि नपुगेका ठाउँमा आफ्नो कोषबाट दिने उनले उल्लेख गरेकी छन् ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि