Trending

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय भोलि सकिँदै, देशले पाउला त नयाँ प्रधानमन्त्री ?

1.1kViews
0 Shares


काठमाडौं, पुस ९ गते । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय भोलि सकिँदै छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ३ गते सात दिनको समय दिएर सरकार गठनको आह्वान गरेकी थिइन्। समयभित्र नयाँ सरकार गठन हुनेमा आशंका बढेको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पहिलो चरणमा प्रधामन्त्री बनाउनुपर्ने अडान राख्दै आएका छन् भने आफ्नै आकांक्षा र पार्टीको दबाबका कारण प्रधानमन्त्री शेरबहादुरले प्रचण्डको प्रस्ताव स्वीकार गर्न तयार छैनन्। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार भएको छलफलमा पनि नयाँ सरकारको नेतृत्व पहिले कसले गर्ने भन्ने विषयमा कुरा मिल्न सकेन ।गठबन्धन दलहरुबीच आज फेरि छलफल गर्ने तयारी छ ।संसद्को दोस्रो ठूलो दल नेकपा एमाले भने ‘पर्ख र हेर’ को रणनीतिमा छ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीको दाबी पेश गर्न आह्वान गरेकी थिइन्।राष्ट्रपतिको आह्वानअनुसार दलहरुले आइतबार अपराह्न ५ बजेभित्र प्रधानमन्त्री पदमा दाबी पेश गरिसक्नुपर्छ। तर अहिलेसम्म भएका छलफलअनुसार सरकार गठनमा कुनै पनि प्रगति भएको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय