Trending

देउवा र प्रचण्डबीच आज पनि छलफल हुर्दै, पहिले आफैँ प्रधानमन्त्री बन्नुपर्ने दुबैको अडान

850Views
0 Shares


काठमाडौं, पुस ९ गते । सरकार गठनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डबीच’ आज पनि छलफल हुने भएको छ। सत्ता गठबन्धनबीच नयाँ सरकार गठनको विषयमा अझै सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार भएको छलफलमा पनि नयाँ सरकारको नेतृत्व पहिले कसले गर्ने भन्ने विषयमा कुरा मिल्न सकेन । शुक्रबार भएको छलफल निष्कर्षविहीन बनेपछि आज पुनः छलफल हुने भएको हो।

दुवै नेताबीच शुक्रबार साँझ पनि छलफल भएको थियो। छलफलमा दुवै नेताले प्रधानमन्त्रीको दाबी नछाडेपछि शुक्रबार साँझ सहमति हुन नसकेको बालुवाटार स्रोतले बताएको छ।प्रचण्डले आफूलाई पहिलो चरणमा प्रधामन्त्री बनाउनुपर्ने अडान राख्दै आएका छन्। तर, आफ्नै आकांक्षा र पार्टीको दबाबका कारण देउवा प्रचण्डको प्रस्ताव स्वीकार गर्न तयार छैनन्। नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय भोलि सकिँदै छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय