Trending

संसदीय दलको चुनावपछिमा गाली तथा धम्की आएको छ–पूर्णबहादुर खड्का

1.1kViews
0 Shares


७ पुस, काठमाडौं । संसदीय दलको चुनावमा गाली तथा धम्की आएका खुलासा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गरेका छन् । आज सामाजिक सञ्जालमार्फत उनले संसदीय दलको चुनावपछिमा गाली तथा धम्की आएको जनाकारी दिएका छन् । सांसदहरूलाई धम्की तथा गाली दिनु नै पुस्तान्तरण र रूपान्तरणको लोकतान्त्रिक शैली हो भन्दै उनले प्रश्न गरेका छन् ।उनले महामन्त्री गगन थापाका समर्थकबाट यस्तो कार्य भएको संकेत गरेका छन् ।

‘उनले समाजिक सञ्जालमा लेखेका छन्, अब त नलेखी नहुने भयो । अति भयो । संसदीय दलको निर्वाचन पहिले पनि सांसदहरूलाई धम्की, असलिल शब्दबाट गाली अनि संसदीय दलको निर्वाचनको परिणामपछि पनि सांसदहरूलाई त्यही धम्की, त्यही गाली ? अनि यही हो पुस्तान्तरण र रूपान्तरणको लोकतान्त्रिक शैली ?,’ उपसभापति खड्काले भनेका छन् । उनले अगाडि भनेका छन्, ‘गगन जी जस्तो पार्टीको जिम्मेवार कार्यकारी पदमा रहनुभएको युवा नेताको समर्थक हौँ भन्ने साथीहरूको यो प्रचार शैलीले गगन जिलाई कति सहयोग पुग्यो होला र भविष्यमा पुग्ला ? एक पटक निधार खुम्च्याएर सोचौँ रु लोकतन्त्र त विश्वास जितेर, मन जितेर परिणाम जित्ने सुन्दर प्रणाली होइन र ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय