• Home
  • राजनीति
  • संसदीय दलको नेताका लागि गगन– शेखर दुवै अडानमा, सहमति जुटाउन सकस
Image

संसदीय दलको नेताका लागि गगन– शेखर दुवै अडानमा, सहमति जुटाउन सकस

काठमाडौं, पुस ५ गते । काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि संस्थापनइतरबाट दुई जना नेता गगन थापा र शेखर कोइराला प्रतिष्पर्धाको दौडमा छन् ।आजै दलको नेताका लागि उमेदवारी दर्ताको समय रहेको छ । निर्वाचन समितिले उमेदवारी दर्ताका लागि दिउँसो २ देखि ३ बजेसम्मको समय निर्धारण गरेको छ । भोलि निर्वाचन हुँदै छ ।त्यसअघि अहिले लैनचौरको एक पार्टी प्यालेसमा कांग्रेसमा संस्थापनइतर समूहका नेताहरु छलफलमा जुटेका छन् ।

छलफलले सकेसम्म एकजनाको मात्रै उमेदवारी कायम रहनेगरी सहमति जुटाउने प्रयास गर्नेछ । तर त्यो सम्भावना निकै कम देखिएको सहभागी एक नेताको टिप्पणी छ ।गगन थापा र शेखर कोइराला १४औं महाधिवेशनमा एउटै समूहमा थिए । कोइराला सभापतिमा पराजित भएका थिए भने थापाले महामन्त्रीमा जित हासिल गरेका थिए ।संसदीय दलको नेता बन्न दुवैले दाबी गरेपछि १५ औँ महाधिवेशनलाई पनि दृश्यमा राखेर अघि बढ्न नेताहरूले सुझाव दिएका छन् ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *