काठमाडौं पुस ४ गते । आज राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चयन गर्ने भएको छ। बुढानीलकण्ठस्थित एक होटलमा बस्ने बैठकबाट यसअघि करिब टुंगिसकेको नामलाई अनुमोदन गरिने प्रवक्ता डा.मुकुल ढकालले जानकारी दिएका छन्।
उनका अनुसार प्रारम्भिक चुनावमा सभापति रवि लामिछाने विजयी भएकाले उनलाई नै दलको नेता चयन गरिने छ।नयाँ सरकारमा सहभागी हुने–नहुनेबारे पनि आजको बैठकमा छलफल गरिने बताइएको छ। स्वतन्त्रका प्रत्यक्षबाट ७ र समानुपातिकबाट १३ गरी २० सांसद प्रतिनिधिसभामा निर्वाचित भएका छन्।












