• Home
  • राजनीति
  • कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढायो, देउवा–गगन भिड्दै
Image

कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढायो, देउवा–गगन भिड्दै

काठमाडौं पुस ४ गते ।पार्टीको विधानअनुसार नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाएको छ । कांग्रेसले संसदीय दलको निर्वाचनका लागि तीन सदस्यीय समिति बनाएको छ । कांग्रेसभित्र संसदीय दलको नेताका लागि सहमति हुने सम्भावना कम छ । सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच चुनावी प्रतिस्पर्धा हुने अवस्था बढेको छ । दलको नेताका लागि रामचन्द्र पौडेल, प्रकाशमान सिंह पनि आकांक्षी हुन् । तर, मुख्य प्रतिस्पर्धा देउवा र थापाबीच नै हुने अवस्था बढेको छ । नेता शेखर कोइरालाले भने दलको नेतामा आफ्नो रणनीति खुलाएका छैनन् । उनी देउवासँग १४औं महाधिवेशमा मुख्य प्रतिस्पर्धी थिए ।दलको नेता चुन्न भोलि मतदान गर्ने गरी कांग्रेसले तयारी गरेको हो ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संसदीय दलको निर्वाचनका लागि तीन सदस्यीय समिति बनाएको हो । समितिको संयोजकको जिम्मेवारी सहमहामन्त्री भीष्मराज आङदेम्बेलाई दिएको कांग्रेस प्रवक्ता डा। प्रकाशसरण महतले जानकारी दिए ।

उनका अनुसार समितिमा पुष्पा भुसाल र प्रकाश स्नेही रसाइली सदस्य तोकिएका छन् । प्रवक्ता महतले सकेसम्म दलको नेता सहमतिमा नै चयन गरिने नभए लोकतान्त्रिक ढंगबाट निर्वाचनको प्रक्रियामार्फत चयन गरिने जानकारी दिएका हुन् ।कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेको छ । ती ८९ जना प्रतिनिधिसभा सदस्य नै दलको नेता छान्ने प्रक्रियामा सहभागी हुन पाउने छन् ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *