Image


काठमाडौं पुस ४ गते । प्रधानमन्त्रीमा दाबी पेस गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले एक हप्ताको समय दिएसँगै दलहरु शक्ति बाँडफाँट टुङ्गोमा पुर्याउन केन्द्रित भएका छन् ।सत्तागठबन्धनमा रहेका दलहरूले आ–आफ्नो संसदीय दलको नेता चयन र शक्ति बाँडफाँटको विषयलाई एक साथ अगाडि बढाउन जुटेका छन् । संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत नदेखिएको अवस्थामा धारा ७६ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट हिजो नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान भएको छ ।

तोकिएको समयमा दाबी पेस नभएर दलहरूले समय मागे केही दिन समय थप्ने अभ्यास छ । दलको नेता चयन गर्न कांग्रेसले पर्सि संसदीय दलको बैठक बोलाएको छ । एकीकृत समाजवादीले आजका लागि दलको बैठक बोलाएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीमा अध्यक्ष माधवकुमार नेपाल दलको नेता हुनेमा निश्चित जस्तै छ । कांग्रेसमा दलको नेताका लागि सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेता शेखर कोइरालालगायतले दाबी गर्दै आएका छन् ।

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको निर्णय नै गरेर गठबन्धनमा रहेका दल तथा अन्य दलसँग आवश्यक छलफल थालिसकेको छ । सत्ता गठबन्धनमा आबद्ध माओवादी केन्द्रले नवनिर्वाचित सांसदहरुको शपथग्रहणपछि मात्र सरकार गठनलगायतका प्रक्रिया अघि बढाइनुपर्ने औपचारिक निर्णय गरेको छ ।गठबन्धनका कांग्रेस र माओवादीले राष्ट्रपति र प्रधानमन्त्रीमा दाबी गरे पनि शक्ति बाँडफाँट पेचिलो बन्दै गएको छ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २१ घण्टा अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ६ दिन अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *