• Home
  • राजनीति
  • राष्ट्रपतिका विषयमा कांग्रेसले कसैसँग सम्झौता गर्न सक्तैन–उपसभापति खड्का
Image

राष्ट्रपतिका विषयमा कांग्रेसले कसैसँग सम्झौता गर्न सक्तैन–उपसभापति खड्का

काठमाडौं, २ पुस । राष्ट्रपतिका विषयमा नेपाली कांग्रेसले कसैसँग सम्झौता नगर्ने र गर्न नहुने नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले बताएका छन् । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उपसभापति खड्काले राष्ट्रपतिका विषयमा भइरहेका चर्चाले गम्भीर बनाएको उल्लेख गरेका छन् ।

उपसभापति खड्काले देश, जनता र संविधानसभाले बनाएको संविधानप्रति दिल दिमागदेखि पूर्ण रुपमा प्रतिबद्ध व्यक्ति मात्र राष्ट्रपति बन्न सक्ने उल्लेख गरेका छन् ।केही दिन यता नयाँ राष्ट्रपतिका विषय विभिन्न व्यक्तिले दौडधुप बढाइरहेका समाचारहरु बाहिर आइरहेका छन् ।खड्का मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सुर्खेत–१ बाट विजयी भएका थिए।

उपसभापति खड्काले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रपति को बन्ने भन्ने चर्चाले गम्भीर बनायो। मेरो प्रष्ट धारणा छ, राष्ट्रपति देश,जनता र संविधानसभाले बनाएको संविधानप्रति दिल–दिमागदेखि पूर्ण रूपमा प्रतिबद्ध भएको व्यक्ति बन्नु पर्छ। यो कुरामा नेपाली कांग्रेस पार्टी कसैसँग सम्झौता गर्न सक्तैन, गर्नु हुँदैन।’

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *