• Home
  • राजनीति
  • नयाँ सरकार गठनका लागि दलहरूलाई पुस ४ गते आह्वान गर्ने राष्ट्रपतिको तयारी
Image

नयाँ सरकार गठनका लागि दलहरूलाई पुस ४ गते आह्वान गर्ने राष्ट्रपतिको तयारी


काठमाडौं, २ पुस । नयाँ सरकार गठनका लागि दलहरूलाई पुस ४ गते (सोमबार ) आह्वान गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको तयारी छ ।राष्ट्रपति कार्यालयको राजनीतिक स्रोतका अनुसार राष्ट्रपति भण्डारीले सोमबार संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको संयुक्त सरकार गठनका लागि संसदमा उपस्थित दलहरुलाई आह्वान गर्न लागेकी छन् ।निर्वाचन आयोगले बुधबार निर्वाचन परिणामको प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरिसकेको छ ।

राष्ट्रपति कार्यालयले आयोगबाट प्राप्त प्रतिवेदनको संसद सचिवालयमा पठाइसकेको छ ।नयां सरकार गठनका लागि राष्ट्रपतिले निर्वाचन आयोगबाट निर्वाचन परिणामको प्रतिवेदन बुझेको १ महिनाभित्र नयां सरकार गठन गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ७६ (१) मा बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था भएपनि ७२ (२) मा दलको नेता हुनै पर्ने व्यवस्था छैन । संसदमा रहेको कुनै राजनीतिक दलको सदस्य पनि प्रधानमन्त्री हुन सक्ने प्राव्धान छ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *