• Home
  • समाचार
  • पेरुद्वारा राष्ट्रव्यापी आपतकालीन अवस्थाको घोषणा
Image

पेरुद्वारा राष्ट्रव्यापी आपतकालीन अवस्थाको घोषणा

काठमाडौं, २९ मंसिर । बुधबार पेरुले राष्ट्रव्यापी आपतकालीन अवस्थाको घोषणा गर्दै प्रहरीलाई विशेष शक्ति प्रदान गरेको छ । अन्य प्रदर्शन, भेलालगायतका स्वतन्त्र अधिकारहरु सीमित गरेको छ ।एक हप्तादेखिको भयानक ठूलो विरोध प्रदर्शनमा कम्तीमा आठ जनाको मृत्यु भएपछि पेरुले राष्ट्रव्यापी आपतकालको घोषणा गरेको हो ।

यससँगै सम्पूर्ण देशमा स्वतन्त्र रूपमा भेला हुने र आवतजावत गर्ने अधिकार समाप्त भएको छ । क्रिसमसको बिदाको ठीक अघि जब मानिसहरू सामान्यतया परिवारलाई भेट्न व्यापक रूपमा यात्रा गर्छन्, त्यस्तो बेला आपतकाल घोषणा भएको छ ।

उक्त घोषणापत्रले प्रहरीलाई अनुमति वा न्यायिक आदेश बिना मानिसको घरमा खोजी गर्न पनि अधिकार दिएको छ । यसभन्दा बढी रातको कर्फ्यूसमेत लागु गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

डिसेम्बर ७ मा महाभियोगको मतदानमा पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई पदच्युत गरेपछि विरोध प्रदर्शन शुरु भएको थियो। २०२१ मा निर्वाचित वामपन्थी नेता क्यास्टिलोले एन्डियन राष्ट्रको संसदलाई अवैध रूपमा भंग गर्ने प्रयास गरेपछि उनलाई गिरफ्तार गरिएको थियो ।विश्वको दोस्रो ठूलो तामा उत्पादक देशले हालैका वर्षहरुमा सामना गरिरहेको राजनीतिक संकटको पछिल्लो श्रृंखला हो ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *