काठमाडौं, २८ मंसिर । आज नेपाली सुनचाँदी बजारमा सुन र चाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन एक हजार रुपैयाँले बढेर प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला एक लाख पाँच सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
चाँदी आज प्रतितोला १० रुपैयाँले बढेर १४ सय रुपैयाँमा कारोबार भइरहेको छ।














